January 1st, 1970
Call 9857626094 9857635530

बक्तृत्वकला प्रतियोगिता सम्पन्न



बालबालिकामा लगानी :सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ ५९ औं राष्ट्रीय बाल दिवसको अवसरमा "बालबालिकाको भबिष्य निर्माणमा बिधालयको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता आज बिधालयमा सम्पन्न भएको छ ।

      सिर्जनशिल बाल क्लवले आयोजना गरेको उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्मका १४ जना विद्यार्थी भाईबहिनिहरुको सहभागीता रहेको थियो । 

प्रथम : झरना थापा कक्षा १०

द्धितिय: कामना के सि कक्षा ९

तृतिय : बिष्णु थापा कक्षा ८


अन्य सहभागी 

१. प्रकृति थापा कक्षा ८

२. सुदिप परियार कक्षा ६

३. सक्सेस श्रीस कक्षा ६

४. मन्जरी श्रीस कक्षा ६

५.झरना सुनार कक्षा ९

६. सुनिता पौडेल कक्षा ७

७.झरना थापा कक्षा ८

८.निशा शर्मा कक्षा ८

९.विशाल थापा कक्षा १०

१०.सिम्रन थापा कक्षा ७

११.रोशनी थापा कक्षा १०


सिर्जनशिल बाल क्लब को अध्यक्ष मनोज थापाको अध्यक्षता र सचिव हिमाल थापाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथी बिधालयका प्रधानाध्यापक फटिक बहादुर थापा रहनुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य शिक्षक दिपा थापाले राख्नु भएको थियो । बक्तृत्वकला प्रतियोगितामा शिक्षक मोहन थापा, गङ्गाधर आचार्य र दिपा थापाले निर्णायक मन्डलको  भुमिका निर्वाह गर्नुभएको थियो ।

     प्रतियोगिता कार्यक्रममा बिजयी प्रतियोगिहरुलाई पुरस्कार र प्रमाण पत्रको प्रायोजन बरेङ्ग गाउंपालिकाको कार्यालय सुंदलाले गरेको थियो ।


न्यूजलेटर

Features, releases, showcase… stay in the loop!